आत्मसमीक्षा गर्न प्रचण्ड–नेपाललाई ईश्वर पोखरेलको आग्रह



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आत्मसमीक्षा गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गरेका छन् ।

नेकपामा हुँदा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला एकतालाई बचाउन धेरैले गरेको आग्रहलाई सम्झिँदै आत्मसमीक्षा गर्न आग्रह गरेका हुन् ।

‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झँदै अब त आत्मसमीक्षा गर्न थाल्नुस्– माधव नेपाल र प्रचण्ड कमरेडहरू! ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

आज सर्वोच्च अदालतले माओवादी केन्द्रले दायर गरेको पुनरावलोकन रिट अघि बढाउन अस्वीकार गरेपछि पोखरेलबाट यस्तो धारणा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्