माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने र निर्णय लिन सकिने एक स्थायी कमिटि सदस्यले बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।

