संकट समाधानका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने नेता बस्नेतको भनाई

सोलुखुम्बु,१७ चैत ।नेपाली कांग्रेस सोलुखुम्बुका लोकप्रिय नेता रामबहादुर बस्नेतले बर्तमान राजनैतिक संकट समाधानका लागि नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेस लिखुपिके गाउँपालिका कार्य समितिद्वारा आइतबार वडा नं २ मा आयोजित कार्यक्रममा नेता कार्यकर्ताहरुबीच आफ्नो धारणा राख्दै बस्नेतले सो कुरा बताउनुभएको हो।लोकतन्त्रमा विधिको शासन र जनमतको उच्च कदर गर्नुअत्यावश्यक रहेको बताउंदै वहाँले यसैको अभावमा अहिले मुलुक संकटको दलदलमा फसेको दावी समेत गर्नुभयो ।
कम्युनिस्टहरुको अधिनायकवादी सोच र कार्यशैलीको अन्त्यका लागि अहिले देशले कांग्रेसको नेतृत्व खोजिरहेको दावी गर्दै वहाँले आफुलाई परिवर्तन नगर्ने, सोच फराकिलो र खुला नबाउने तथा प्रतिशोधपूर्ण भावना राखेर अगाडि बढ्ने हो भने सहि गन्तव्यमा पुग्न नसकिने धारणा राख्नुभयो।
सोलु कांग्रेसभित्र स्पष्टबक्ताको छबि बनाउनुभएका नेता बस्नेतले ‘अनेकतामा एकताको प्रतिबद्वता ,संगठन पूनर्ताजकिको मूलमन्त्र’ अब कांग्रेसको एजेन्डा हुनुपर्ने बताउनुभयो।’लोकतन्त्र यो युगको सर्वाधिक शक्तिशाली व्यवस्था हो , लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हुन सक्छ, अरु कुरा हुन सक्तैन’ बस्नेतले अगाडी भन्नुभयो-‘ अलोकतान्त्रिक चरीत्र नयाँ पुस्ताका लागि स्वीकार्य हुन सक्दैन ।पार्टी बिबादको केन्द्र संगठन हुनुपर्ने बताउंदै वंहाले स्वार्थ केन्द्रित राजनीतिले कार्यकर्ताहरुको भबिष्य समाप्त पार्ने चिन्ता व्यक्त गर्नुभयो ।
पार्टीलाई एक ढिक्का बनाएर लानु अहिलेको प्रमुख आवश्यकता भएको बताउंदै वहाँले बिधान,नियमावली र परिपत्रको पूर्ण पालनासहित क्रियाशील सदस्यता बितरण गर्न स्थानीय समितिलाई निर्देशन दिनुभयो । ‘योग्यता पुगेका, पार्टीलाई चाहिने कोहि साथीहरु नछुटाई क्रियाशील वितरण गर्ने काम गर्नुहोस, बस्नेतले भन्नुभयो,-‘यो काम पार्टी संगठनको महत्वपूर्ण कार्य हो, यो विषयलाई ध्यान दिनु होला।’

