नेकपा खारेजीको निर्णय पुनरावलोकनका लागि सर्बोच्चमा प्रचण्डको निवेदन



काठमाडौं, १७ चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा नेकपाको एकता भंग गर्ने फैसला प्राकृतिक नभएको भन्दै पुनरवलोकन निवेदन दिएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीको नामसम्बन्धी मुद्दामा एकता नै भंग गर्ने गरी फागुन २३ गते सर्वोच्चबाट फैसला आएको भन्दै आज पुनरवलोकन निवेदन दिएका हुन् ।

“संसद् पुनःस्थापनासम्बन्धी जनपक्षीय फैसला कार्यान्वयन नहुँदै सर्वोच्च अदालतबाट पार्टी एकता नै भंग गर्ने गरी फागुन २३ मा आएको फैसला राजनीतिक भयो भनेर हामीले विमति सार्वजनिक गरेका थियौँ,” अध्यक्ष प्रचण्डले निवेदन गरेपछि भने, “सर्वोच्चमा नेताहरुसहित उपस्थित भएर निवेदन दर्ता गराएका छौँ । मलाई के विश्वास छ भने सर्वोच्च अदालतले गरेका कतिपय फैसला टिप्पणी भयो र पुनरवलोकन माग भयो भने पुनरवलोकन गरेको छ । एकता भइसकेका दलहरुलाई विभाजित गर्ने फैसला अदालतले पुनरवलोकन गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्