बाग्मती प्रदेश : सरकारलाई दिएको समर्थन माओवादी-केन्द्रले लियो फिर्ता

मकवानपुर ,१६ चैत ।नेकपा (माओवादी केन्द्र)ले वाग्मती प्रदेशसभामा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा सोमबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग एकता गरेर सशक्त रुपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय गरेको संसदीय दलका नेता सालिकराम जम्कट्टेलले जानकारी दिए ।
‘अविश्वासको प्रस्ताव तत्कालीन रुपमा अगाडि बढ्न सक्ने अवस्था छैन । त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौं’, उनले भने । बैठकले तत्कालीन नेकपा (एमाले)सँगको एकता अगाडिकै संसदीय दलको पदाधिकारीलाई पुन: चयन गरेको छ ।
बैठकले संसदीय दलको नेतामा जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको हो ।

