सांसद राईद्वारा निर्माणाधीन सल्लेरी- थामडांडा मोटरबाटोको स्थलगत अबलोकन



सोलुखुम्बु,१६ चैत ।संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ले बिश्वको सर्बोच्च शिखर सगरमाथालाई राजधानी र तराईसंग जोड्ने निर्माणाधीन सल्लेरी – थामडाँडा सडकको स्थलगत अनुगमन गर्नुभएको छ।

मिर्चैयाकटारी-धुर्मी-ओखल्ढुङ्गा-साेलु-सल्लेरी हुँदै सगरमाथाको प्रवेशद्वार लुक्ला-चाैरीखर्कसम्म राष्ट्रिय सडक अन्तर्गत निर्माण भैरहेकाे सडक संजाल छिटो सम्पन्न गर्न पटकपटक मन्त्रालय,बिभाग र अन्य सरोकारवालाहरुको ध्यानाकर्षण गराउंदै आउनुभएका सांसद राइले आइतबार सो सडकको अनुगमन गर्नुभएको हो।

उक्त सडक अन्तर्गत थामडाँडा-पैयाँ सडक ट्रायाक ओपनकाे लागि आर्थिक बर्ष २०७७/७८ काे स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट संघीय सांसद राइलेल ४५ लाख बजेट विनियोजन गर्नु भएकाे छ ।

सल्लेरीवाट थामडाँडासम्म सडक स्तरोन्नति गर्न र थामडाँडाबाट लुक्ला चाैरीखर्कसम्म ट्रयाक ओपनका लागि आबश्यक वजेट विनियोजन गरेर समयमै काम सम्पन्न गर्न सके आन्तरिक र बाह्य पर्यटनको प्रबर्द्धन भै यो सडकले राष्ट्रिय अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने धारणा सांसद राइले व्यक्त गर्दै आउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्