माओवादी केन्द्रको बैठक स्थगित, भोलि ११ बजे बस्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे बस्ने गरि सम्पन्न भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रदेश समितिमा को नेता कता छन् ? भन्ने विषयमा नेताहरुले रिपोर्टिङ गरेका थिए।

सोमबार यसै विषयमा फेरि छलफल हुने एक नेताले जानकारी दिए। सर्वोच्चले माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि माओवादीले संगठन निर्माणलाई केन्द्रमा राखेर काम गर्ने जनाएको छ। सोही अनुसार बैठकमा प्रदेश समितिको अवस्थाबारे रिपोर्टिङ गरिएको हो। तर, कुन प्रदेशमा के अवस्था छ भन्ने विषयमा भने जानकारी दिइएको छैन।

आजको बैठकमा नाम परिवर्तनबारे पस्ताव राखेपनि सो बारे छलफल भएको छैन।

प्रतिक्रिया दिनुहोस्