जसपा अरुको पछि लागेर सरकारमा जाँदैन : डा. भट्टराई



काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी अरुको पछि लागेर सरकारमा नजाने बताएका छन्।

पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेका बेला आएको भट्टराईको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।

समाजिक सञ्जलमार्फत डा. भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताए । सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैँ देशको नेतृत्व गर्ने बताए । उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्