सोलुखुम्बु : माओवादी केन्द्रले स्थापना गर्‍यो जिल्ला कार्यालय



सोलुखुम्बु ,२९ फाल्गुन।नेकपा माओबादी-केन्द्र सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा जिल्ला कार्यालय स्थापना गरेको छ।

जिल्ला कमिटी संयोजक गोम्बु शेर्पा ‘कर्ज्याङ’, नेताहरु ध्रुब पराजुली,हिमाल गिरी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा बिधिवत रुपमा साइनबोर्ड राखेर शनिबार माओवादी केन्द्रले कार्यालयको स्थापना गरेको हो।तत्कालीन एमालेसंग पार्टी एकीकरण पूर्ब कार्यालय रहेकै स्थानमा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना गरिएको सो पार्टीले जनाएको छ।

सर्बोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसंगै फेरि नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका थिए।एमालेले भने यश अघि नै जिल्लामा पार्टी कार्यालय स्थापना गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्