चैत २ गतेको राष्ट्रिय भेला स्थगित, बादल समूहलाई कारबाही गर्दै माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा सरभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहान पेरिसडाँडामा बसेको बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
उनकाअनुसार बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय भेला स्थगित गरेको छ । चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।

