एमालेमा हट्यो ७० बर्षे उमेरहद, अविश्वासको प्रस्ताव फिर्ता लिन प्रदेश सांसदहरूलाई निर्देशन



काठमाण्डौं। नेकपा एमालेले पार्टीभित्र रहेको ७० वर्षे उमेर हद हटाएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधन गरेर ७० वर्षे उमेरहदलगायतका केही विषय हटाएको हो ।

सत्तरी वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघि नै विदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको छ ।

मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशवासको प्रस्ताव फिर्ता लिन प्रदेश सांसदहरुलाई निर्देशन दिएको छ । प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको प्रबक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्