एमाले माधव–झलनाथ समूहको आकस्मिक स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, २८ फागुन । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक अहिले बस्दैछ। नयाँ बानेश्वरस्थित एक होटलमा स्थायी कमिटी बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने लगायतका निर्णय एकलौटी रूपमा गरेपछि आकस्मिक रूपमा स्थायी कमिटीको बैठक बस्न लागेको हो।

ओलीले आज माधव–झलनाथ पक्षीय नेताहरूको जिम्मेवारी खोस्दै एकतर्फी रूपमा महाधिवेशनको मिति घोषणा गरेका छन्। ओलीको निर्णयले नेकपा एमाले नै विभाजन हुन सक्नेसम्मको स्थिति देखा परेको नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्