अब संसद चल्न सक्दैन,मध्यावधि निर्बाचनमा जानुपर्छ : शेखर



काठमाडौं,२६ फाल्गुन ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन्।

विर्तामोडमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताए।

‘नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रूपमा अब संसद चल्न सक्दैन’, उनले भने, ‘संसद चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्