सरकारले यस्तो सुरक्षा दिएको छ बिप्लवलाई



काठमाडौं, २५ फाल्गुन ।गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ।

गत शुक्रबार सार्वजनिक भएका विप्लव खुला राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

उनलाई मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षा दिएको पराजुलीले बताए। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको छ।

काठमाडौंको हकमा परिसरले दिने र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले व्यवस्था मिलाएको उनले बताए। एसएसपी सिंहका अनुसार विप्लवको सुरक्षाको लागि इन्स्पेक्टरसहित १० जनाको टोली खटिएको छ। विप्लव काठमाडौंको सामाखुसीस्थित एक घरमा बस्दै आएका छन्। विप्लव केही दिनयता उपत्यकाबाहिर छन्। उनी लुम्बिनी पुगेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्