एमालेमा फर्कने बामदेव समूहको निर्णय

काठमाडौं, २५ फाल्गुन ।नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको वामदेव गौतम समूहले ‘सम्मानजनक रुपमा’ नेकपा एमालेमा फर्किने निर्णय गरेको छ। सोमबार बसेको उपलब्ध नेताहरूको बैठकले सर्वोच्च अदालतको फैसलासँगै एमालेमा फर्किने निर्णय गरेको हो।

सोमबार बसेको सो समूहको बैठकले सम्मानजनक ढंगले एमालेमै फर्किने र त्यता गएर पनि कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिने निर्णय भएको वताइएको छ।
ऋषिराम कट्टेलको मुद्दामा फैसला सुनाउँदै आइतबार सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई दर्ता नै नभएको र साविक एमाले एवं माओवादी केन्द्र पूर्ववत् रुपमा रहेको उल्लेख गरेको थियो। अदालतले नेकपा नाम कट्टेलको पार्टीको हुने फैसला सुनाएको थियो।

