हाइड्रोपावरको सुरुङ्ग खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु



ताप्लेजुङ,२२ फाल्गुन ।ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–२ स्थित सानीमा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगामाटोले पुरिएर २ मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार भोजपुर ओख्रेसाबुका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरीका २२ वर्षीय अम्बरबहादुर कामीको मृत्यु भएको हो।

शनिबार दिउँसो ३ बजे काम गरिरहेका बेला माथिबाट ढुंगामाटो झरेर किच्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्