मुख्य राजनीतिक बिषयमा जनमत संग्रह हुनुपर्ने नेता बांस्तोलाको भनाई

काठमाडौं, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नका लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने बताउनुभएको छ।

जेलबाट रिहा भएको भोलिपल्ट रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा आफ्नो पार्टीको एजेण्डाबाट आफूहरु पछि नहट्ने बताउदैं बास्तोलाले पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक रहेकाले जनमतसंग्रह गरिनुपर्ने बताउनु भएको हो। आफूहरु देशलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने बताउंदै वहांले
अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने दावी गर्नुभयो ।
उहाँले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गर्दै वहाँले आफूहरुले सशस्त्र संघर्ष नगरेको बरु एकीकृत जनक्रान्ति गरेको धारणा राख्नुभयो। सशस्त्र विद्रोह नगरेकोले आफूहरुसँग हतियार पनि नभएको वहाँको भनाइ थियो।

