देउवा प्रधानमन्त्री बन्छ कि भन्ने सबैभन्दा बढी चिन्ता पौडेललाई छ : सभापति देउवा

काठमाडौं,२२ फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देउवा प्रधानमन्त्री बन्छ कि भन्ने चिन्ता सबैभन्दा बढी पौडेललाई भएको बताउँदै आफू प्रधानमन्त्रीका लागि त्यति लालायित नभएको दाबी गर्नुभएको छ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३औं वार्षिक साधारणसभामा बोल्दै शनिबार सभापति देउवाले विपक्षी दलको नेता भनेकै ‘अल्टरनेटिभ प्राइममिनिस्टर’ भए पनि आफूले कहिल्यै प्रधानमन्त्री चाहियो नभनेको स्पस्ट पार्नुभयो।
उहाँले १८ पटक प्रधाननमन्त्रीको चुनाव लड्दा पनि जित्न नसकेको भन्दै पौडेलप्रति कटाक्ष गर्नुभयो ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र आफू ५ पटक प्रधानमन्त्री हुने बताएको खुलासा गर्नुभएको छ ।
ज्योतिषीले पौडेलका कारण मात्र आफू पाँच पटक प्रधानमन्त्री बन्न पाउने भनेको खुलासा गर्नुभएको हो ।
ज्योतिषीले पौडेलकै अगाडि उहाँको कारणले मात्र पाँच पटक प्रधानमन्त्री बन्ने बताएको सभापति देउवाले स्मरण गर्नुभयो । ‘ज्योतिषीले रामचन्द्रजीको कारणले मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भन्थ्यो’, उहाँले भन्नुभयो ।
ज्योतिषीको चर्चा धेरै हुने गरेको भन्दै सभापति देउवाले आफूलाई ज्योतिषीकोमा जाउँ भनेर रामचन्द्र पौडेल र कृष्णप्रसाद भट्टराईले आग्रह गरेको बताउनुभयो । ‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’

