प्रशान्ति एकेडेमीमा फूड फेस्टीभल सम्पन्न



काठमाडौं,२२ फाल्गुन ।प्रशान्ति एकेडेमी बुढानिलकण्ठ नगरपालिका – १२ कपनले आफ्ना विद्यार्थीहरुको सीपलाई उजागर गर्न अभिभावकहरुको उपस्थितीमा फुड फेस्टीभल आयोजना गरेको छ।

कक्षा छ, सात र आठका छात्रछात्रालाई पेसा व्यावसाय र प्रविधी शिक्षा अन्तर्गत पाक शिक्षा मा जानेका कला र सीपलाई प्रयोगमा ल्याई अन्य सामु प्रस्तुत गर्न विद्यालयले मिति शुक्रवार सो कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा विध्यार्थीहरुद्वारा वनाईएको विभिन्न खाद्य परिकारहरु फरक फरक स्टलमा राखी प्रदर्सनी तथा सुलभ मुल्यमा विक्री समेत गरेका थिए।
प्रदर्शनी अवलोकनका लागि उल्लेख्य संख्यामा अभिभावक र अन्य स्कुलहरुवाट समेत छात्रछात्राको उपस्थिती रहेको थियो ।

उपस्थित अतिथिहरुले पनि विद्यार्थीहरुले राख्नु भएको प्रदर्शनीलाई अवलोकन गर्दै केही फुड आइटमको स्वाद लिदै सबै विद्यार्थीहरुको कामको प्रशंसा गर्रेका थिए साथै आगामी दिनको उज्ज्वल भविष्यको कामना गरेका थिए।
फुड फेस्टीभल हिमाल, पहाड र तराईमा पाईने खानाको परिकार लाई आधार मानि तयारी गरिएको थियो। सोही अनुरुपको विभीन्न १४ वटा स्टलहरु राखिएको थियो।
गत साल २०७६ साल पनि कक्षा ६,७ र ८ का विद्यार्थी भाइ बहिनीहरुले यसै अनुरुप प्रदर्शनी र प्रयोग गरि मनाईएको फुड फेस्टीभलको यो दोस्रो संस्करण हो।
आगन्तुक सवैलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपल समिर वास्तोलाले यस्ता कार्यवाट विद्यार्थीको प्रयोगात्मक शिक्षामा हौसला वढेको वताए। साथै आगामी वर्षहरुमा पनि यसको विभिन्न संसेकरणहरु गर्दै लगिने पनि जानकारी दिए।

त्यस्तै यो कार्य को तयारी गरि सम्पन्न उन्मुख टीमलाई वधाई तथा धन्यवाद समेत प्रदान गरे। विध्यालयले अागामी दीनमा नया स्वरुपको विध्यालय, निती, कार्यक्रमहरुका साथ विभीन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी हुने र सो प्रदर्शनी तथा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको कुरा अभिभावकहरु, शुभेच्छुकहरु, विद्यार्थीहरु साथै सबै शुभ चिन्तकहरुलाई अवगत पनि गराईएको छ।

प्रतिक्रिया दिनुहोस्