ज्ञानेन्द्र शाही फागुन २९ गते सोलुखुम्बु आउने

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु,२१ फाल्गुन ।‘सुशासनका लागि अभियान,हाम्रो नेपाल—हामी नेपाली’ अभियानका केन्द्रिय संयोजक ज्ञानेन्द्र शाही नेतृत्वको टोली फागुनको २९ गते सोलुखुम्बु आउने भएको छ ।

सदरमुकाम सल्लेरीमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न शाही सोलुखुम्बु आउन लागेकोअभियानको सोलुखुम्बु जिल्ला समितिले जनाएको छ।अभियानका केन्द्रीय सदस्य समेत रहेका लाक्पा ग्याल्जेन शेर्पाका अनुसार सदरमुकाम सल्लेरीमा रंहदा शाहीले नागरिकले प्रत्यक्ष महसुस गरेका समस्या भए त्यसको समाधानका लागि पहल गर्ने बताए।शेर्पाले सोलुखुम्बुका नागरिकहरुले भोग्नु परेका समस्या भए कार्यक्रममा उपस्थित भएर सार्बजनिक रूपमा राख्न पनि जिल्लाबासीहरुलाइ आग्रह गरे।११ बजेबाट सुरुहुने कार्यक्रममा जनताको गुनासो सुनेर तिनीहरूको समाधानका लागि अभियानले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने शेर्पाको भनाइ छ।
स्थानीयस्तरमा संचालित योजनामा भ्रष्टाचार भएको भए उक्त योजनाबारे जानकारी र भएको सम्पुर्ण प्रमाणहरुसहित उपस्थित हुन ‘हाम्रो नेपाल—हामी नेपाली’ अभियान सोलुखुम्बुले जिल्लाबासीलाइ आग्रह गरेको छ ।
सोही दिन सोलुखुम्बु जिल्लाबाट सुशासनका लागि अभियान ‘हाम्रो नेपाल—हामी नेपाली’ अभियानमा प्रवेश गर्न चाहने ब्यक्तिहरुलाई आधिकारीक सदस्यता कार्ड समेत बितरण गरिने शेर्पाले जानकारी दिए।

