सोलु एफएमलाई कांग्रेस नेता कार्कीको ७० हजार आर्थिक सहयोग

सोलुखुम्बु,२१ फाल्गुन ।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सामुदायिक रेडियो सोलु एफएमको पुन: प्रशारणका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभएको छ।

गत आइतबार राती अचानक आगलागी भएपछि प्रशारण बन्दभएको एफएमको क्षतिग्रस्त स्टुडियोको अबलोकनपछि नेता कार्कीले सो प्रतिक्रिया दिनुभएको हो।जिल्लाको राजनैतिक,सामाजिक र शैक्षिक उन्नयनका लागि महत्त्वपूर्ण योगदान गरेको रेडियोलाई शीघ्र प्रशारणमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताउंदै कार्कीले एफएम संचालक संस्था योङ स्टार क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाइ आफ्नो ब्यक्तिगततर्फबाट ७० हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो।सो अवसरमा कार्कीले एकथान ल्यापटप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको नेबिसंघका नेता दिनराज बास्तोलाले जानकारी दिए।
बास्तोलाका अनुसार कार्कीलाई सोलु एफएमका स्टेसन म्यानेजर भोजराज कार्कीले आगलागीका कारण क्षतिग्रस्त सन्चार उपकरणसहितको भग्नावशेष देखाउंदै क्षतीबारे जानकारी गराएका थिए।


