रिलायन्स फाइनान्सको लाभांश घोषणा



काठमाडौं, २१ फागुन । रिलायन्स फाइनान्सले १०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरण गर्नेछ । यस्तै, कम्पनीले नगद लाभांशमा ४३ लाख ८१ हजार १३७ रुपैयाँ खर्च गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यसले ६.५८% नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्