बैज्ञानिक बन ब्यबस्थापन कार्यबिधी खारेज नगर्न १ अर्ब रुपैयाँ घुसको अफर!

काठमाडाैं,१९ फाल्गुन । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बैज्ञानिक बन ब्यबस्थापन कार्यबिधी खारेज गरे आफूलाई १ अर्ब रुपैयाँ घुसको दिने अफर आएको दावी गरेका छन।

काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको दाबी गरेका हुन।
सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले नै कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन्।

