सरकार–विप्लव वार्ताको तयारीमा, गृहमन्त्री थापा र विश्वकर्माले वार्ताको नेतृत्व गर्ने

काठमाडौं,१८ फाल्गुन ।सरकारले आफैले राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग बार्ता गर्न टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वार्ताका लागि टोली गठन गरिएको जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा राजन भट्टराई सदस्य रहेकाे समिति बनेको छ । प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममार्फत विप्लवसँग चाडै बार्ता हुने बताएका थिए ।
विप्लवले पनि वार्ताका लागि बन्दी बनाइउका कार्यकर्ता रिहा गर्नुपर्ने लगायतको सर्त अघि सार्दै आएको छ । तर सरकारले बन्दी रिहा गर्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन ।
विप्लव समूहले पनि तीन सदस्यीय वार्ता टोलीमा रहेका सदस्यसमेतको घोषणा गर्ने बताइएको छ । उता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ ।
नेकपा स्रोतका अनुसार सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेपछि विद्रोही नेकपाले पनि प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले फागुन ८ गते सहज अवस्थामा वार्ता गर्ने घोषणा गरेका थिए । लगत्तै सरकारले आजै वार्ता टोलीको घोषणा गरेको हो

