दुधकोशी सामुदायिक अस्पताल निर्माणका लागि ७ लाख बढी सहयोग



सोलुखुम्बु,१७ फाल्गुन ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माणाधीन दुधकोशी सामुदायिक अस्पतालका लागि मैदेल सेरोफेरो गुरुङ समाजका अध्यक्ष गणेश बहादुर गुरुङ र उपाध्यक्ष गोबिन्द गुरुङले ७ लाख २३ हजार ७ सय २२ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । यो आर्थिक सहयोग गर्नेक्रम बढ्दै गएको छ।

थुलुङ दुधकोसी वडा नं ६ स्थायी घर भै हाल युकेमा रहनु भएका मैदेल सेरोफेरो गुरुङ समाजकातर्फबाट संकलित सो आर्थिक सहयोग गाउँपालिका अध्यक्ष अशिम थुलुङलाइ हस्तान्तरण गरिएको हो।

अध्यक्ष थुलुङका अनुसार अस्पताल निर्माणका लागि रामप्रसाद गुरुङलबाट (फल्याक घर) १ लाख ११ हजार एक सय एघार, सकली माया गुरुङ लामा गाउँबाट १ लाख १ हजार , कर्ण बहादुर गुरुङ, घोण्डेघरबाट १ लाख १० हजार , गोपाल गुरुङ, तोरीखोरेबाट १ लाख १ हजार रुपियाँ र तोया गुरुङ , एलाक्सीबाट ५० हजार पाँच सय रुपैयाँ गरि ४ लाख ७३ हजार ७ सय २२ रुपैयाँ प्राप्त भएको हो। यसअघि नै २लाख ५०हजार उठिसकेको अध्यक्ष थुलुङले जानकारी दिनुभयो ।

अध्यक्ष थुलुङले आर्थिक सहयोगमार्फत स्वस्थ नागरिक अभियानका लागि गाउँपालिकले अगाडी सारेको योजना सम्पन्न गर्ने समाज लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्