सकियो आजबाट जाडोयाम, हावाहुरी र असिनापानीबाट जोगिन मौसम बिज्ञान बिभागको आग्रह

एजेन्सी । जल तथा मौसम विज्ञान विभागले आजदेखि जाडोयाम अन्त्य भई ‘प्रि-मनसुन सिजन’ सुरु भएको जानकारी दिएको हो। अंग्रेजी महिना मार्च (आज मार्च १ तारिख हो) मा सुरु हुने प्रि-मनसुन मेसम्म रहने मौसमविद् बताउँछन्।

यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ। मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

