नेपाली फिल्म पाइरेसी गरेको आरोप मा परियार पक्राउ



काठमाडौं, फागुन १६ । अनधिकृत रुपमा फिल्म पाइरेसी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङको बेशीशहर नगरपालिका–२ का २५ वर्षीय सुजन परियार रहेका छन्।

थ्री सिक्टि वान डिग्री मिडिया प्रालिले सिनेमा घर एपको माध्यामबाट नेपाली कथानक चलचित्रहरु बिक्रि विरतण गर्ने कार्य गर्दै आइरहेकोमा परियारले अनाधिकृत रुपमा इन्टरनेटको माध्यामबाट सामाजिक संजाल युट्युब युट्युब टेलिग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको प्रहरीको आरोप छ।

पक्राउ परेका परियारलाई अपराध महाशाखामा ल्याइ प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएकोमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै प्रकृतीका कार्यहरु कसैले जानी नजानी अनाधिकृत रुपमा डाउनलोड वा लाइभ गरी इन्टरनेटमा वा कुनै पनी सामाजिक संजालमा शेयर तथा अपलोड गरेमा प्रतिलिपी अधिकार ऐन विरुद्धको कार्य हुने भएकोले कानुन वमोजिम कारवाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्