प्रतिनिधिसभाको बैठक फागुन २३ गते बस्ने



काठमाडौँ,१४ फाल्गुन । आगामी फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सरकारले सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाए।

गत फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको हो।

यसबारे राष्ट्रपति कार्यालयबाट नै आधिकारिक सूचना आउने पनि मन्त्री ज्ञवालीले जनाए।

प्रतिक्रिया दिनुहोस्