लाहानमा सुरु भयो नेपाल इन्भेष्टमेन्ट बैंकको सेवा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिराहामा आफ्नो शाखा स्थापना गरेको छ । बैंकले लाहान नगरपालिका ८ मा ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको हो ।

शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका हुन् । लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

साथै स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने पनि बैंकले जानकारी दिएको छ । बैंकले हाल ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्