दाहाल–नेपाल समूहको आन्दोलनः के–के गर्दैछन् चौथो चरणमा ?



काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आइतबार पत्रकार सम्मेलन गर्दै दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब तेस्रो चरणको आन्दोलन चर्काउने चेतावनी दिएका छन्। फागुन ५ देखि १२ गतेसम्म सबै जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने उले घोषणा गरे।

भट्टराईले प्रतिनिधिसभा विघटन र भ्रष्टाचारविरुद्ध फागुन ६ गते काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा सबै पालिकाका वडामा विरोध प्रदर्शन, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन र ९ गते हत्या एवम् बलात्कारविरुद्ध महिलाहरुले विरोध गर्ने बताएका छन्।

उक्त समूहले फागुन १५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । १५ गते किसान, सुकुम्बासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन हुन लागेको हो ।

त्यस्तै फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा सभा जनप्रदर्शन हुने घोषणा गरिएको छ। नेपालगन्ज र जनकपुरमा पनि छिटै मिति घोषणा गर्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्