सोलुखुम्बु : पत्ताले पर्यटन पूर्बाधार निर्माणका लागि ४ करोड ५५ लाख बजेट बिनियोजन



सोलुखुम्बु, २ माघ ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुदुधकुण्ड नगरपालिकाको महत्वपुर्ण पर्यटकीय क्षेत्र पत्तालेको पर्यटन पूर्बाधार निर्माणका लागि ४ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

लामो समयको पहलपछि मन्त्रालयले सो बजेट बिनियोजन गरेपनि आयोजना सम्पन्न गर्न अझै तीन करोड बढी रकम अपुग हुने नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिए।पर्यटन पूर्बाधार निर्माणका लागि ७ करोड बजेट आवश्यक रहेकोमा बाॅंकी बजेट नगरपालिकाले व्यवस्था गर्ने उनले जानकारी दिए।

सोलुदुधकुण्ड नगरपालिकाले अर्को महत्वपुर्ण धार्मिक पर्यटकीय क्षेत्र तामाखानी ज्वालामाईदेवी मन्दिरको पुर्बाधर बिकासको काम शुरू नै गरिसकेको बताउंदै मेयर शेर्पाले यी आयोजनाहरु सम्पन्न भएपछि नगर क्षेत्रको पर्यटन बिकासमा थप टेवा पुग्ने बिश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्