सोलुखुम्बु : जुबुको सुकेपोखरी पुननिर्माणका लागि २ करोड ८0 लाख बजेट



होमनाथ खत्री
सोलुखुम्बु, २ माघ। थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा रहेको सुकेपोखरीको मुहार फेरिने भएको छ । जिल्लाको ऐतिहासिक,पुरातात्त्विक एवम् रमणीय स्थल सुकेपोखरी पुननिर्माणका लागि संष्कृती, पर्यटन तथा नागरिक उडुयन मन्त्रालयबाट रु दुई करोड असी लाख रकम बिनियोजन भएपछि पछि परेको सुकेपोखरीले मुहार फेर्ने भएको हो। बजेट बिनियोजनको लागि

तत्कालीन संष्कृती, पर्यटन तथा नागरिक उडुयन मन्त्री योगेश भट्टराई,सोलुखुम्बुका निबर्तमान माननीय हेमकुमार राइ,थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राइ,समाजसेवी बसन्त बन लगायतको अथक प्रयासपछि बजेट बिनियोजन गर्न सफल भएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भुपालसिंह राइले बताउनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिकाको ४,५ र ९नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा बिदेशी पर्यटक प्रर्बधन गर्ने उदेश्य रहेको गाउँपालिका अध्यक्ष असिम राइले बताउनुभयो।

राइका अनुसार ०७७/०७८ को लागि बिनियोजन भएको रकमबाट उपभोक्ता समिति वा टेन्डर आवहान दुबै तरिकाबाट काम यस आर्थिक बर्ष भित्रै काम सुरु गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्