इन्भेष्टमेन्ट बैंकको ४० लाख कित्ता ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने



फागुन २, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत माघ १६ गतेदेखि जारी गरेको रु. १००० अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्रमा आवेदन आजबाट बन्द हुने भएको छ । बैंकले साढे ८ प्रतिशत व्याजदर भएको ऋणपत्र छिटोमा माघ २० गते आवेदन बन्द हुने भनेको भएपनि उक्त समयसम्म माग अनुसार आवेदन नगपरेपछि माघ ३० गतेसम्म आवेदनको समय थप गरिएको थियो । तर, ३० गते सार्वजनिक विदा परेकाले फागुन २ गते (आज) बैंकिङ्ग समयभित्र ऋणपत्रमा आवेदन दिन सकिने छ ।

ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ । ऋणपत्र खरिदका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
बैंकले कुल रु. ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको हो । रु. २ अर्ब ४० करोड बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेकोछ । ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि व्यवस्था गरेको थियो । बाँकी १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न लागेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्