कल्याण गुरुङले पनि गरे कांग्रेस सभापतिमा दावी

सोलुखुम्बु, २९ माघ ।।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी चौधौं महाधिबेशनमा आफुले केन्द्रीय सभापतिको उमेद्वारी दिने घोषणा गर्नुभयो ।

नेपाली काङ्ग्रेस सोलुखुम्बुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै केन्द्रिय सदस्य गुरुङले आगामी चौधौं माहाधिबेशनमा आफुले केन्द्रीय सभापतिको उम्मेदवारी दिने बताउँदै काङ्ग्रेसले कम्युनिस्ट सग कुनै पनि हालतमा चुनावमा सगै नजाने भन्दै नेपाली जनताको पसिनाले बनेको सबिधानलाई कसैले उल्लंघन गर्न नमिल्ने बताउनुभएको हो ।
यस्तै नेपाली काङ्ग्रेस सोलुखुम्बुका महासमिती सदस्य जयप्रसाद राइले कम्युनिष्ट पार्टिले नकली मिलन गरेर देशलाइ भडखालोमा हालेको आरोप लगाउनुभयो ।
सोहि कार्यक्रममा नेपाली विद्यार्थी संघका निबर्तमान केन्द्रीय उपाध्यक्ष नवीन राइले हलो अड्काएर गोरु कुट्ने जस्तो कार्य नगर्न केन्द्रिय कार्यसमितिलाई आग्रह गर्नुभएको छ।
यस्तै नेपाली विद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य धनबहादुर बानीयाले आगामी दिनमा काङ्ग्रेस बिजय हुने भन्दै सबैलाई एक ढिक्क हुन आग्रह गर्नुभयो । नेपाल तरुण दलका पुर्ब अध्यक्ष जीवन गुरुङले नेपाली काङ्ग्रेस सोलुखुम्बु संघगठनको धनी रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रचार प्रसार बिभाग प्रमुख नवीन थापा,नेपाल महिला संघ सोलुखुम्बुकि उपाध्यक्ष एकाकुमारी कार्की,नेपाली काङ्ग्रेस थुलुङ दुधकोशी गाउँपालिकाका सभापति महेन्द्रदिप राई,सोलु दुधकुण्ड नगरपालिका २ का अध्यक्ष मिङमादोर्जी शेर्पा, नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष अश्बिनबाबू थापा लगायतको उपस्थितिमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कान्तिराज राइको अध्यक्षमा सल्लेरीमा सम्पन्न भएको छ ।

