पार्टी फुटेको छैन,मूल नेकपा हाम्रै हो : अध्यक्ष दाहाल



काठमाडाैं, २९ माघ । नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा बिभाजन भएको भन्दै प्रधानमन्त्री केपी ओलीले भ्रम छर्न खोजेको आरोप लगाउंदै अनावश्यक भ्रममा नलाग्न कार्यकर्ताहरुलाइ आग्रह गरेका छन ।

नेकपा सोलुखुम्बु प्रतिगमन विरुद्ध संघर्ष समिति र सोलुखुम्बु – काठमाडौं सम्पर्क मन्च आन्दोलन परिचालन समितिद्वारा राजधानीको सुकेढारामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहाले सो कुरा बताएका हुन।पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफुखुसी काम गर्दै आएका कारण अहिलको अवस्था आएको धारणा राख्दै दाहालले आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएको दावी गरे। ओलीपक्षका नेताहरुसंग आफ्नो निरन्तर छलफल भइ रहेको जानकारी दिदैं उनले मन्त्री, सांसददेखि अन्य नेताहरु छिटै आफ्नो पक्षमा आउने आशा व्यक्त गरेका थिए।

त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले समस्या पार्टी भित्रको नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताए । उनले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य एबम प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य एबम प्रदेश १ सह इन्चार्ज सावित्री कुमार काफ्ले, केन्द्रीय सदस्य तथा नेकपा सोलुखुम्बुका इन्चार्ज हेमकुमार राई ‘सुरबीर’ र अर्का केन्द्रीय सदस्य शिबबहादुर बस्नेत ‘राजेन्द्र’ बर्तमान राजनीतिक सन्दर्भबारे कार्यकर्ताहरुलाइ प्रशिक्षित गराएका थिए।

जिल्लाका सो समूहका नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको प्रशिक्षण कार्यक्रम संघर्ष समितिका संयोजक आङङिमा लामाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्