कस्तो कारबाही होला झाँक्रीलाई?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छिन् ।

अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको निवास शंखमुलबाट पक्राउ गरेको हो । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी हुन् । उनीमाथि ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानासम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
संसद तथा राष्ट्रपतिविरूद्ध बोले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

