कांग्रेस कम्युनिस्ट असफल भए राजसंस्था नल्याई सुखै छैन : राप्रपा अध्यक्ष राणा



काठमाडौँ,२७ माघ । राप्रपाका अध्यक्ष कमल थापाले असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्था केही वर्ष भित्रमै पुनर्स्थापना गराउने दाबी गरेका छन ।
राप्रपा काठमाडौं जिल्ला समितिद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले त्यस्तो दावी गरेका हुन।
उनले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता पनि दोहोर्‍याए । विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौं कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए ।

पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालमा प्रजातन्त्रको जग दह्रो हुन नसक्ने दाबी गरेका छन् । राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताएका हुन् ।

उनले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताए । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उनले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्दाले प्राथमिकता पाउने बताएका थिए ।
अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनका निम्ति कम्युनिष्टलाई जनादेश दिइएको भए पनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए । पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफूहरुलाई मौका आएको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्