नेपाल इन्भेष्टमेन्ट बैंकको ५.५० प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा



काठमाडौं २७, माघ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुस २१ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको हकमा नगद लाभांश जम्मा गरिदिएको हो ।

सो मितिपश्चात् बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।

साथै शेयर दाखिल खारेज बन्द भएको अघिल्लो दिनसम्म शेयर धितो राखेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र उपलब्ध गराएपश्चात् मात्र बैंक खामा नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्