बन्चरो प्रहार गरि श्रीमतीको हत्या



कास्की,२३ माघ ।पोखरामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कास्कीको पोखरा महानगरपालिका ३३ उपल्लो पुँडीका ५० वर्षीय गमबहादुर पुनले , श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेका हुन् ।

हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। हत्या अभियोगमा प्रहरीले गमबहादुर पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका पुनले बिहीबार बेलुका खाना नबनाएको विषयमा उनीहरुको झगडा भएको प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्