रहस्य साप्ताहिकका संस्थापक सम्पादक स्व.गौतमका नाममा पत्रकारिता पुरस्कार स्थापना

काठमाडौं, २३ माघ ।रहस्य साप्ताहिकका संस्थापक सम्पादक स्व. मुरारीप्रसाद गौतमका नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

झन्डै पाँच दशक लामो समय पत्रकारिता क्षेत्रमा समर्पण गर्नुभएका गौतमको ०७५ फाल्गुन १८ गते निधन भएको थियो । वरिष्ठ पत्रकार गौतमले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वहाँका नाममा पत्रकारिता पुरस्कार स्थापना गरेको हो। शाखाको २२ औं साधारण सभाका अवसरमा शनिबार बितरण गरिने मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार यसपटक जनभावना साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार निरोधराज पाण्डेलाई प्रदान गरिने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए।पुरस्कार राशी २० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
अध्यक्ष बिडारीका अनुसार प्रज्ञा भवन कमलादीमा शनिबार हुने साधारणसभामा अन्तरकृया, अग्रज पत्रकार सम्मान तथा पत्रकारिता नामक स्मारिकाको बिमोचन गरिनुका साथै शाखाका पुर्व सभापति अशोक श्रेष्ठलगायत अन्य दिवंगत पत्रकारहरुको स्मृतिमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार तथा सम्मान पनि साधारण सभाको अवसरमा वितरण गरिने छ ।
यसअघि ७ वटा पुरस्कार तथा सम्मान रहेकोमा १० औं अधिवेशन यता शाखाले वरिष्ठ तथा कर्मठ ६ पत्रकार गुमाएको छ । विगतका ७ र यो पटक थपिएका ६ गरी १३ जना अग्रजहरुको नाममा प्रतिव्यक्ति रु. २० हजार नगद र सम्मान पत्र सहित पुरस्कृत गर्दैछ भने विगतमा अग्नीशिखा र तारा न्यौपानेको नाममा संयुक्त रुपमा दिँदै आएको पुरस्कार यसपटकबाट अलग गरि वितरण गरिने शाखाले जनाएको छ
को को हुंदैछन पुरस्कृत ?
१, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित
२, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ
३, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा
४, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल
५, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा
६, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात
७, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल
८, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे
९, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास
१०, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले
११, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा
१२, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही
१३, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी
१४, फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी

