रावल भन्छन् – ‘चटकेकापछि नलाग्नु’



काठमाडौं, २३ माघ ।प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले आफ्नो भनाइको आफैँले खण्डन गरेको प्रतिक्रिया दिएका छन।

‘प्रम केपी ओलीले एकातर्फ आफुले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधि सभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफै खण्डन गर्नुभयो’, शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, ‘ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा–चटकेको पछि नलाग्नु।’

प्रतिक्रिया दिनुहोस्