सोलुखुम्बु : विद्युतको मोटरबोर्डमा समस्या आएपछि खरिखोलाबासी अन्धकारमा



होमनाथ खत्री
सोलुखुम्बु,२२ मंसिर ।खरिखोला तेस्रो लघु जलविद्युत आयोजनाको मोटर बोर्डमा समस्या आउँदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा एक खरिखोलामा रहेको ७०(सत्तरी) किलोवाट क्षमताको खरिखोला तेस्रो लघु जलविद्युत आयोजनाको मोटरबोर्डमा समस्या आउँदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य बनेको स्थानीयको भनाइ छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको एक नम्बर वडाका साथै माप्यदुधकोशी गाउँपालिकाको १ ,६ र ७ नम्बर वडाका उपभोक्ताले उपभोग गर्दै आएको विद्युतमा माघ १९ गते देखी समस्या आएपछि अन्धकारमा बस्नुपरेको स्थानीय टिकाराम राइले बताए।

करिब आठ सय घरधुरी रहेको सो सो क्षेत्र भौगोलिक रुपमा पनि विकट रहेकाले कहिले समाधान हुन्छ भन्ने यकिन गर्न नसकिने आयोजनाका म्यानेजर रामकृष्ण थापामगरको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्