टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा



काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा मुलुकभरका लागि ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए । कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ ।

हाल यो सेवा प्रति महिना नौ सय रुपैयाङ्गँ ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९,६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उपलब्ध छ । यसमा १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाकव शुल्क ११.११ रुपैयाँमात्र पर्न आउँछ ।

प्रतिक्रिया दिनुहोस्