सहचालकले धकेल्दा गयो ७५ बर्षीय बृद्दाको ज्यान, बस र चालक प्रहरी नियन्त्रणमा



खोटाङ,१९ माघ । बसबाट छिटो जान भन्दै सहचालकले धकेलेपछि उछिट्टिएर लडेकी खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको मृत्यु भएको छ ।

सोमवार (आज) बिहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा लडेकी चन्द्र कुमारीको सोही बसको चक्काले किचेर मृत्यु भएको बताइएको छ।

सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बस र बस चालक सुनसरी बराहाक्षेत्र-४ का ३५ बर्षीय दल बहादुर पौडेल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्