महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ सम्पन्न

काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न भएको छ । कार्यक्रम पोखरामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा माघ १७ गते सम्पन्न भएको हो ।

कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा प्रेरणामुलक तालिम समेत प्रदान गरिएको थियो ।
साथै कार्यक्रममा मेची देखि महाकाली सम्मका शाखा उप शाखामा कार्यरत सक्रिय अभिकर्ताहरु उपस्थित भएका थिए ।

