खुम्बु पासाङल्हामू : खरिखोलामा गठन भयो तरुण दल



ल्हाक्पा ग्याल्जेन शेर्पा

सोलुखुम्बु, १८ माघ ।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोलामा नेपाल तरुण दल १ नं वडा समिति गठन भएको छ।

शुक्रबार नेपाली कांग्रेस खुम्बुपासाङ ल्हामु कार्यसमितिद्वारा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम पश्चात् आङछोम्बी शेर्पाको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरिएको कांग्रेस गाउँपालिका प्रबक्ता पासाङ शेर्पाले जानकारी दिए।

समितिको उपाध्यक्षमा दैबे कुमार मगर,महासचिवमा फुरिन्जी शेर्पा, सचिव बालकृष्ण मगर र कोषाध्यक्ष कान्डी शेर्पा रहेको प्रबक्ता शेर्पाको भनाइ छ।

प्रबक्ता शेर्पाले गाउँपालिकामा अन्य पार्टीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस प्रवेश गर्नेहरूको संख्या उत्साहजनक रहेको बताए।मंसिरमा खुम्बु पासाङल्हामुको वडा नं २,३,र ४ मा संचालन भएको पार्टी प्रवेश कार्यक्रममा ३ सय ८० जना र खरिखोलाबाट १ सय ५७ गरि खुम्बु पासाङल्हामुमा तीन महिनाको अवधिमा ५ सय ३७ जना कांग्रेस प्रवेश गरेको प्रबक्ता शेर्पाको दावी छ।

प्रतिक्रिया दिनुहोस्