माओवादी केन्द्रकाे काभ्रे जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बनेपा/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम काभ्रे जिल्लाकाे बनेपा स्थित बनेपा भिलेज रिसाेर्टमा हिजो सम्पन्न भएको छ ।
जिल्ला स्थित १३ वटा स्थानीय निकायबाट ब्यापक सहभागीता रहेको उक्त भेला तथा प्रशिक्षण कार्यक्रम बनेपा गाेतामचाेकबाट भव्य र्यालका साथ बनेपा भिलेज रिसाेेर्टमा पुुगि भेलामा परिणत भएको थियाे । भेला तथा प्रशिक्षण कार्यक्रमललाई संबाेधन गर्दै नेकपा (माओवादी केन्द्र) केन्द्रीय अध्यक्ष एवम् पूर्व सभासद कर्णजित बुढाथोकी सुशीलले माओवादीका पूर्व नेताहरु प्रचण्ड र बाबुराम भट्टराई प्रति लक्षित गर्दै मार्क्वाद लेनिनवाद मात्रै हैन माओवाद समेत छाडेर साथीहरू यति तलसम्म झुक्ला भनेर आफुले कहिल्यै नसाेचेकाे र इतिहासले मान्छेहरु अनेक थरिका जन्माउँदाे रहेछ भन्ने पुष्टि भएको बताउँनु भयाे ।

अध्यक्ष कर्णजितले सर्वहारा वर्गको मुक्ति सम्पूर्ण क्रान्तिकारी शक्तिहरुकाेे एकता बिना सम्भव नभएकोले आफ्नाे पार्टी माओवादी केन्द्र इतिहासमा त्याे एकताको दिशामा अगाडि बढिरहेको बताउँदै नेपाली जनताले परिवर्तन चाहेकै हाे परिवर्तनको आशाका साथ तत्कालीन बाम गठबन्धनलाई ५ वर्ष स्थायी सरकार सञ्चालन गर्न झण्डै दुई तिहाई बहुमत दिएकै हाे तर आन्तरिक किचलो, व्यक्ति हठ इत्यादी कारणले नेकपाका ओली सरकारले देशलाई याे हालतमा पुर्यायाे । त्यसैले अबकाे बाटाे भनेको संसद पुनर्स्थापना वा निर्वाचन यि दुबै हाेईनन् । अबकाे समस्याको हल भनेकाे राष्ट्रिय राजनीतिक जन- परामर्श सम्मेलन मार्फत जनपक्षीय, सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय सरकार गठन मार्फत वैज्ञानिक समाजवाद नै उच्चतम विन्दु भएकोमा जाेडदिनु भयाे । भेलालाई संबाेधन गर्दै अध्यक्ष कर्णजितलेे अब शासन राजाकाे हातमा पनि जाँदैन ओलीकाे हातमा पनि नजाने र अबकाे लडाइँ राजावादी र माओवादी बीचकाे लडाइँ बाँकी भएकोले अबको शासन सत्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीको बागडोरमा जानेछ ।

त्यसकाे लागि क्रान्तिकारी बिचार र क्रान्तिकारी एजेन्डा मार्फत नै देशले निकास पाउने निश्चित भएकोले माओवादी केन्द्र संगठन विस्तारकाे अभियानमा लागेको बताउँनु भयाे । त्यसकाे लागि आफ्नाे पार्टी माओवादी केन्द्रलेे एउटा वैचारिक क्षेप्यास्त्र प्रहार गरेकाे छ जसका कारण प्रतिगामी तत्वहरु, संशोधवादीहरु र प्रतिक्रियावादीहरु ध्वस्त हुने बताउँनु भयाे । देशलाई अनिर्णयको बन्दी बनाउन नहुने त्यसकाे लागि हामीले निकास दिनैपर्छ भन्दै अध्यक्ष कर्णजीतले ओली सरकार संसद विघटन हुनु पहिले र संसद विघटन पश्चात पनि मरासन्न अवस्थामा रहेकाे टिप्पणी गर्दै जसका कारण फेरि पनि द्वन्द निम्तिन सक्ने तर्फ इंगित गर्दै त्यसकाे सम्पूर्ण दाेष राज्य सञ्चालकले लिनुपर्ने बताउँनु भयो । भेलालाई संबाेधनकै क्रममा अध्यक्षले अबकाे लडाइँ वैज्ञानिक समाजवादका पक्षधर र प्रतिगामी पक्षधर बीचकाे लडाइँ भएकोले त्यसकाे लागि क्रान्तिलाई तिलाञ्जली दिएर संशाेधनवादतिर विलय हुँदै काजमा गएका प्रचण्ड र बाबुरामहरुकाे दरबन्दी मिलान गर्दै जानुपर्ने आजकाे आवश्यकता रहेकाे बताए । र अब हिजाेकाे माओवादी जसरी गएमा जनताले पत्याउने वाला छैन अब पहिले आफैंबाट रुपान्तरण हुँदै परिवर्तनको लडाइँमा अगाडि बढ्नुपर्ने र समाजवाद ल्याउन समाजवादी दिमाग बनाउन जाेेडदिनु भयाे ।
त्यस्तै भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबाेधन गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्व सभासद तिलक थापा मगरले हिजाे हामीले लडेर ल्याएकाे उपलब्धि रहने हाेकी गुम्ने दाेसाँधमा रहेकाे अवस्था छ र मालेमावादलाई लत्याएर प्रचण्डहरु एमालेमा विलय भएसँगै नेपाली कम्युनिस्ट आन्दाेलनमा पुन: दक्षिणपन्थी संशोधनवादी धार र क्रान्तिकारीबीच दुई धार देखा परेकाे र प्रचण्डहरुकै कारण क्रान्तिमा ठूलो बज्रपात भएको बताउनु भयाे । अब कम्युनिस्ट आन्दोलन र क्रान्तिलाई सफल बनाउन क्रान्तिका बाँकी कार्यभार पुरा गर्न तपाईं हाम्रो काँधमा आईपरेकाे भन्दै त्याे कार्यभार पुरा गर्न ठूलो चुनाैती रहेकाे बताउनु भयाे । “यिनै चुनाैतीका बीचबाट हाम्रो लक्ष पुरा गर्नु अहिलेकाे संसदीय व्यवस्थाबाट सम्भव नभएकोले अब नयाँ ढंगबाट वैज्ञानिक समाजवादमा जानुपर्नेमा वरिष्ठ नेता थापाले जाेडदिनु भयो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रीय सचिव अरुण घिसिङले माओवादी केन्द्र जिल्ला समिति काभ्रेका नवनिर्वाचित जिल्ला समितिकाे प्यानल प्रस्तुत गर्नुभयाे । प्रस्तुत प्यानलमा अध्यक्ष याेगेश राल्फाली, उपाध्यक्ष प्रेम घतानी, सचिव राेहण लामा, अन्य सदस्यहरुमा लक्ष्मी बैंजु, जेनिशा लामा, धनमाया तितुङ, गाेपाल ग्लान, बिक्रम साेराली, प्रशान्त (के.सी.) तिमल्सिना, ज्ञानकाजी श्रेष्ठ, सबिन माेक्तान, राजन थपलिया, केदार दाहाल, यशाेेधा भुर्तेल, ज्ञान बहादुर लामा लगायत २१ सदस्यीय जिल्ला कार्यसमिति रहेका छन् । प्यानल प्रस्तुत गर्दै केन्द्रीय सचिव अरुण घिसिङले हिजाेका क्रान्तिका नाइकेहरु सत्तामा पुगेपछि सहिद तथा बेपत्ता परिवार, घाइते अपांगहरुलाई बेवास्ता गरेकाेले वर्तमान अवस्थामा आफ्नाे पार्टीले कुनै पनि हालतमा यसाे हुन नदिने प्रण गर्दै सहिद तथा बेपत्ता परिवार, घाइते अपांगहरुकाे खाेजबिन गरि उचित न्याय दिलाउन लागि पर्ने त्यसकाे लागि काभ्रे जिल्लाले पनि साथ सहयोग गर्नेछ भन्ने विश्वास लिएको बताउँदै आफु पनि जनयुद्धको घाइते भएको स्मरण गर्नुभयो । काभ्रे जिल्ला हेर्दामा राजधानी नजिक रहेकाे जिल्ला भए तापनि काेशीपारी, राेशीपारी र डाँडापारीकाे विकटता हेर्दा कर्णाली जस्तै रहेकाेले विकासको क्षेत्रमा धेरै विकट रहेकाेले विकासमा हामीले जाेड दिनुपर्ने घिसिङले बताउँनु भयाे । सचिव घिसिङका अनुसार काभ्रे राजधानी नजिक रहेकाे जिल्ला भएकै कारणले शुभकामना मन्तव्यकै क्रममा माओवादी केन्द्रका सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का इन्चार्ज टि.पी. गाैतमले जिल्लामा पार्टीका समग्र गतिविधि र पार्टी संगठनकाे अवस्था बारे प्रट्याउनु भयाे । शुभकामना तथा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै माओवादी केन्द्रका केन्द्रीय सचिव तथा नेवा: ताम्सालिङ प्रदेश इन्चार्ज मेघ बहादुर खत्रीले पार्टीले अबका दिनमा जनताका वास्तविक समस्यासँग एकाकार गर्न जाेडदिनु भयाे । त्यसै गरि माओवादी केन्द्रका केन्द्रीय सचिव तथा अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रीय उप-संयाेजक राम प्रसाद मैेनालीले काभ्रे जिल्लामा अब आउने नेतृत्वले किसान मजदुुरहरुका मुद्दालाई सशक्त रुपमा उठाउन सकाेस भन्दै सफलताको शुभकामना दिनुभयो । त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेवाःताम्सालिङ प्रदेश अध्यक्ष प्रकाश दाहालले काभ्रे जिल्ला माओवादी केन्द्रकाे एउटा नमूना जिल्ला भएको आफुले हेर्न चाहेकाे भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भयाे । त्यस्तै माअाेवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग इन्चार्ज कुमार याक्खा राईले वैचारिक लडाइँका साथै स्वास्थ्य र खेलकुदमा पनि विकास गर्नुपर्ने कुरामा जाेडदिनु भयाे । कार्यक्रममा अन्य राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिएकोमा अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) काभ्रे जिल्ला इन्चार्ज एवम् पूर्व जिवस उपसभापति कान्छाराम तामाङले देश एमसिसिकाे नाममा रणमैदान बनाउँन खाेजेकाेले अब ढुलमुलमा हाेईन कि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादकाे कित्तामा उभिनु पर्ने कित चीनको पक्षमा स्पष्ट देखिनु पर्ने बेला आएकाे छ यस्ताे बेला हुन गईरहेकाे भेलाले याे खाले नेतृत्वको चयन गर्न सकाेस भन्दै शुभकामना दिनुभयो । भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा अनेम संघ ( क्रान्तिकारी ) कि नेतृ भक्त कुमारी भुजेल, संयुक्त क्रान्तिकारी जनपरिषदका केन्द्रीय महासचिव धनराज बेडवाल, वाईसीएल, नेपालीका केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का, दलित मुक्तिमोर्चाका केन्द्रीय संयाेजक जनक कामी, काभ्रे जिल्लाका चर्चित अधिवक्ता तथा लेखक दीपक शर्मा जंगम, अखिल नेपाल सुकुम्बासी संगठनका केन्द्रीय संयाेजक राजकुमार बिक, अखिल क्रान्तिकारीका केन्द्रीय संयाेजक कपिल सिजापति र राष्ट्रिय जनमाेर्चा काभ्रेका अध्यक्ष सुवर्ण बिक्रम थापा लगायतले आ-आफ्ना तर्फबाट शुभकामना मन्तव्य राख्नु भएको थियाे । कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा किसान संयाेजक अानन्दराम फुँयाल, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य राजन घिमिरे, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेवा: ताम्सालिङ प्रदेश सचिव मिना चन्द, बाम बुद्धिजीवी तेज प्रसाद पुडासैनी, नेकपा (माओवादी केन्द्र) काठमाडौं जिल्ला अध्यक्ष गणेश गाेतामे, नेकपा (माओवादी केन्द्र) काठमाडौं जिल्ला सचिव लेखनाथ पाैडेल, नेवा: ताम्सालिङ प्रदेश सदस्य रजत बस्ताकाेटी, सुकुम्बासी नेवा: ताम्सालिङ प्रदेश चक्र दर्जी र वाईसीएल, नेपाल केन्द्रीय सदस्य बिकास मगरकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कलाकारहरु साेनी घिसिङ, सुबाेध गाैतम र सबिन माेक्तानले आ-आफ्नाे प्रस्तुति राख्नु भएको थियाे । नक्कल अजयले शुभकामना मन्तव्य राख्नु भएको उक्त भेला तथा प्रशिक्षण कार्यक्रम याेगेश राल्फालीकाे सञ्चालनमा र कार्यक्रमका संयाेजक रमेश थपलियाकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

