काठमाडौं भित्रियो बर्डफ्लु, दर्जनौं हाँस,टर्की र बट्टाई नष्ट

काठमाडौ, १७ माघ।काठमाडौँको तारकेश्वर नगरपालिका–७, फुटुङमा हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको छ।

फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ।
शुक्रबार बर्ड फ्लु पुष्टि भएपछि विभागले १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ।
भारतमा बर्ल्ड फ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाउँदै आएको थियो। काठमाडौँमै बर्ड फ्लु देखिएपछि थप कडाइ गर्ने विभागले तयारी गरिरहेको जानकारी दिएको छ।

