मतानमा आगलागी हुँदा २ जनाको मृ’त्यु

सोलुखुम्बु । सोलुखुम्बुको सल्यानमा मतानमा आगलागी हुँदा दुई बालबालिकाको ज्या’न गएको छ ।

नेचासल्यान गाउँपालिका २ सल्यानका टेकप्रसाद निरौलाको मतानमा आगलागी हुँदा निरौलाका अन्दाजी ५–६ वर्षिय नाति र नातिनाको ज्या’न गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए ।
शनिबार दिउँसो मतानमा राखिएको परालमा आगागी हुँदा सोहि स्थानमा रहेका दुई बालबालिको ज्या’न गएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ । – हिमाल समाचारवाट

