जनकल्याण माबि बिब्यस अध्यक्षमा ४ जनाको नाम सिफारिस

केदार बस्नेत||

सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका ४ जुवुमा वि:व्य:सको अध्यक्षका लागि १८६ जना अभिभावक मध्ये ४ जनाको नाम गाउँपालिकामा शिफारिस गरिएको छ।
बुधबार भएको छलफलबाट प्रेम बहादुर गुरुङ लक्ष्मी कुमार राई, कल्पना नेपाली र मनमाया खत्रीको नाम शिफारिस गरिएको बिद्यालयका प्रधानध्यापक कुमार बस्नेतले जानकारी दिनुभयो!प्रधान्याध्यापक बस्नेतका अनुसार वडाबाट नेत्र वनलाई सदस्य नियुक्त गरेको र बाकी ४ जना मध्य १ जना अध्यक्ष र ३ जना सदस्य बन्ने प्रावधान रहेको बिद्यालयका शिक्षक द्रोण वनले जानकारी दिनुभयो।
यस अघिका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर भारतीको कार्यकाल एघार महिना अगाडी नै सिदिए पनि नयाँ समितिलाई पुर्नता दिन कोरोनाका कारणले असमर्थ भएको प्रअ बस्नेतले बताउनुभयो।

